सर्पको टोकाईबाट मृत्यु

वीरगन्ज, ११ भदौ । बारा जिल्लाको अमृतगञ्जमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ ।
विषालु सर्पको टोकाइबाट अमृतगन्ज–३, खजानीमा स्थानीय ३५ वर्षीय विनोद मुखियाको आज मृत्यु भएको हो ।
सर्पको टोकाइबाट बिरामी परेका मुखियाको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया