सहमति भएमात्रै सरकार छाड्नेः मन्त्री पुन

दाङ, ११ भदौ । कामचलाउ सरकारका अर्थ मन्त्री बर्षमान पुनले संविधानका विवादित विषयमा सहमति नहुँदा सम्म सरकार नछाड्ने बताएका छन् ।
‘नयाँ संविधान आउने ज्ञारेन्टी भएमा मात्रै सरकार छाड्छौं,’ उनले भने, ‘यथास्थितिमा सरकार छाड्नु हुँदैन ।’
दाङमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल पद छाडेमा देश गम्भीर संकट पर्ने दाबी गरे ।
कांग्रेस र एमालेलाई सत्ता कब्जाको तयारीमा लागेको आरोप लगाएका उनले दुई पार्टीले कुर्सीको माग गरिहेको रहेको बताए ।

प्रतिक्रिया