पाण्डेद्वारा पद त्याग गर्न सुझाव

ताप्लेजुङ, १० भदौ । एमाले नेता सुरेन्द्र पाण्डेले राजनीतिक निकासका लागि सहमतिको विकल्प नभएको बताएका छन् ।
ताप्लेजुङमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सहमतिमा चुनाव गर्नु उत्तम विकल्प रहेको बताए । उनले चुनावमा जाने वातावरण मिलाउन वर्तमान सरकारले पद त्याग गर्नै पर्ने बताए ।
उनले एमालेको आन्तरिक विवादका बिषयमा सघन छलफल भईरहेको बताउदै सहमति खोज्ने प्रयास भईरहेको उल्लेख गरे ।

प्रतिक्रिया