खेत पहिरोले वगाएपछि चिन्तित

रुकुम, १० साउन । पहिरोले १० रोपनी वरावरको खेत वगाएपछि रुकुम विजयश्वरी गाविसको एक घरपरिवार चिन्तीत वनेको छ ।
अविरल वर्षासंगै आएको पहिरोले झण्डै ३० मुरी धान उत्पादन हुने खेत वगाएपछि विजयश्वरी–८, लहरेसिमलका प्रेमलाल जैसीको परिवार चिन्तित वनेको हो ।
काट्टे खोला नजिकै रहेको खेतमा पहिरो गएको छ । पहिरोका कारण धान रोपेको खेत भिरालो पाखोमा परिणत भएको पीडितहरुले जनाएका छन् ।
खेत सवै वगाएपछि जग्गाको नाममा घर मात्र वाँकी रहेको पीडित जैसीले वताए । सौर्य

प्रतिक्रिया