तुल्सीपुरमा दस लाख बराबरको चोरी

दाङ, ९ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति मेडिकलका सञ्चालकको घरबाट झण्डै १० लाख बराबरको चोरी भएको छ ।
सञ्चालक वाई.बी. धौलाकोटी दम्पत्ती आज बिहान साँढे ४ बजे घर बाहिर निस्कीएका बेला चोरी भएको अनुमान उनीहरुको छ ।
दराजमा रहेको साडे ७ लाख नगद, तीन तोला सुन, २ वटा मोबाईल चोरी भएको धौलाकोटीले बताए ।
उनीहरुले डेढ महिनादेखि आफ्नै घरमा काम गर्दै आएकी सल्यान त्रिवेणी घर भएकी एक युवतीको नाममा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन् ।
पीडितको घरमा काम गर्ने युवती बिहानैदेखि फरार रहेकाले उनी माथि आशंका गरिएको छ ।

प्रतिक्रिया