इलाम शिक्षा कार्यालयमा तालाबन्दी

इलाम, ६ भदौ । सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्ति गर्ने प्रक्रियामा विकृति र विसंगति बढ्दै गएको भन्दै विभिन्न चार विद्यार्थी संगठन सम्मिलित संयुक्त संघर्ष समितिले जिल्ला शिक्षा कार्यालय इलाममा तालाबन्दी गरेका छन् ।
पछिल्लो समय इलामका विद्यालयमा शिक्षक नियुक्ति गर्नका लागि लाखौं रुपियाँको आर्थिक लेनदेन हुने क्रम बढेको भन्दै नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र संघीय विद्यार्थी युनियन लिम्बूवान सम्मिलित संयुक्त संघर्ष समितिले कार्यालयको मुल गेटमा तालाबन्दी गरेका हुन् ।
संघर्ष समितिले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयलय जिम्मेवार नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएको छ । सौर्य

प्रतिक्रिया