घर भत्कींदा एकको मृत्यु

दोलखा, ६ भदौ । दोलखाको लाँकुरीडाँडा–६ मा घर भत्कीर खसेको ढुङ्गाले किच्दा अमृता कुमारी श्रेष्ठको मृत्यु भएको छ ।
मंगलवार वेलुकीवाट परेको वर्षाले स्थानीय मुसलमान थामीको पुरानो घर भत्कींदा बाटोमा हिंडिरहेकी श्रेष्ठलाई ढुङ्गाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाईएको छ ।
वेलुकी देखिनै हराईरहेकी श्रेष्ठलाई स्थानीयले खोजी गर्ने क्रममा आज विहान ढुङ्गाले किचेर मृत्य भएको अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया