भ्रुण हत्या गर्ने दम्पति पक्राउ

इलाम, ५ भदौ । अवैध यौन सम्पर्कबाट रहेको भ्रुण हत्या गरेको आरोपमा इलामका एक दम्पतिलाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार भ्रुण हत्याको आरोप लागेका गोदक–१ का टेकबहादुर मगर र उनकी पत्नी चन्द्रकलालाई स्थानीयको सहयोगमा माईखोलाबाट पक्राउ गरेको हो ।
मगर दम्तीलाई आफ्नो घरमा काम गर्न राखिएकी मोरङ लामाटोलकी १६ वर्षीया एक बालिकालाई यौन सम्पर्क गरी रहेको आठ महिनाको गर्भ अवैध रुपमा पतन गराएको आरोप लागेको छ ।
मगरको अवैध सम्पर्कपछि रहेका गर्भ झापाको भद्रपुरस्थित ओमसाई मेडिकलमा लगेर पतन गराएको बालिकाले बताएको प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताए ।
मगरले एक हजार मासिक तलब दिने शर्तमा बालिकालाई दुई वर्ष अघि आफ्नै होटलमा राखेको भएपनि उनलाई तलब नदिई यौन शोषण मात्र गर्ने गरेको छिमेकीले बताएका छन् ।
यता मगर दम्तीले भने आफूहरुलाई झुटो आरोप लगाएर छिमेकीहरुले घरमा आगो लगाईदिने र मार्नेसम्मको धम्की दिएपछि सुरक्षा माग गर्दै प्रहरी समक्ष आएको बताए ।
पीडित बालिकाले मगर विरुद्ध किटानी जाहेरी भने नदिएको निरीक्षक बाँस्तोलाले बताए । (तस्विर गुगल)

प्रतिक्रिया