काठमाडौं, ५ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई तथा आफ्नै पार्टीका केही प्रमुख नेताहरुवीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा आज भएको छलफलमा राष्ट्रपतिको कार्यालयद्वारा फिर्ता गरिएको निर्वाचन सम्बन्धी अध्यादेश, सहमतीय सरकार तथा अन्य विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
राष्ट्रपति डा।रामवरण यादवले निर्वाचन सम्बन्धी दुई अध्यादेश फिर्ता गरे लगत्तै प्रधानमन्त्री भट्टराई असन्तुष्ट भएका थिए । त्यस लगत्तै उनले आफ्नै पार्टीका अध्यक्ष र अन्य नेताहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री भट्टराई पुनः फिर्ता भएका दुई अध्यादेशलाई राष्ट्रपति समक्ष पठाउने सार्वजनिक अभिव्यक्ति दिई सकेका छन् ।
प्रतिक्रिया