प्रक्रिया मिचेर डीन नियूक्त

काठमाडौं, ४ साउन । नेपाल प्रगतिशिल प्राध्यापक संगठनले प्रधानमन्त्रीको ठाडो आदेशमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजमा डीन नियूक्त गरेको आरोप लगाएको छ ।
उसले सो निर्णय प्रति असन्तुष्टि प्रकट पनि गरेको छ । संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा.धर्मकान्त बास्कोटालाई प्रधानमन्त्रीको ठाडो हस्तक्षेपमा हटाएको दाबी गरेको छ ।
उसले प्रक्रियानै नपुराई डा.प्रकास सायमीलाई डीनमा नियूक्त गरेको भन्दै आक्रोश जनाएको हो ।
प्रा.डा.गोविन्द केसीको आन्दोलनको बहाना बनाई डीन नियूक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको संगठनको आरोप छ ।

राजनीतिक भागबण्डामा डीन नियूक्त गरेको विषयमा विरोध गर्दै डा.केसी आमरण अनशन बसे पछि बास्कोटालाई हटाएर सायमीलाई नियूक्त गरिएको थियो ।

प्रतिक्रिया