खोजखबर

गठबन्धन सत्ता टिकाउने रणनीतिः वैद्य

सौर्य अनलाइन २०६९ भदौ ३ गते ११:५८ मा प्रकाशित

जनकपुर, ३ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सत्ता टिकाउने रणनीतिका साथ निर्माण भएको टिप्पणी गरेका छन् ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वैद्यले भने, ‘उनीहरूको गठबन्धन भनेको सरकार लम्ब्याउने हो, यसले मुलुकलाई राजनीतिक निकास दिन सक्दैन ।’
उनले संविधानसभाको निर्वाचन गर्न वर्तमान सरकारले पद त्याग गरेर जनपक्षीय राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय