अध्यादेश जारी नहुनु दुर्भाग्य पूर्ण

काठमाडौं, २ भदौ । एकीकृत माओवादीले चुनाव सम्बन्धी अध्यादेश अस्वीकार गर्ने राष्ट्रपतिको कदमलाई दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज पत्रकार सम्मेलन गरेर एमाओवादीका प्रवक्ता अग्नी सापकोटाले अध्यादेश अस्वीकार गर्ने राष्ट्रपतिको कदम आपत्तिजन रहेको बताए । उनले सो निर्णय विरुद्ध जनपरिचालन गर्ने चेतावनी दिए ।
उनले भने, ‘सरकारले पठाएको अध्यादेशमाथि पुनःविचार गर्न सक्ने प्राबधान भएपनि राष्ट्रिपतिले सिधै अस्वीकार गर्नु असंवैधानिक कदम हो ।’
राष्ट्रपति डा.रामवरण यादवले सरकारले सिफारीस गरेका निर्वाचन सम्बन्धी दुई अध्यादेशलाई शुक्रबार जारी गर्न नसकिने भन्दै अस्वीकार गरिदिएका थिए ।
अध्यादेश फिर्ता पठाएपछि एमाओवादी राष्ट्रपति डा.यादवसँग रुष्ट बनेको छ । प्रवक्ता सापकोटाले अध्यादेश अस्वीकार गर्ने राष्ट्रपतिको कदम असंवैधानिक रहेको विषयमा सबैलाई जानकारी गराउन विभिन्न कार्यक्रम गर्ने बताए ।

प्रतिक्रिया