सर्पको डसाईबाट बालकको मृत्यु

रुकुम, १ भादौ । रुकुम जिल्लामा सँगै सुतेका बाबु छोरालाई बिषालु सर्पले डसेको छ ।
सर्पले डसेपछि गरायला–५, ज्यामिरे गाउँका एक बर्षीय बालक ओमप्रकाश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुलाई सर्पले विहान चार बजे डसेको थियो ।
सर्पले ओमप्रकाशको कानमा टोकेको थियो । उनका २१ बर्षीया बाबु बिनारामलाई सर्पले औलामा डसेको छ । उनको अवस्था गम्भीर छ ।

प्रतिक्रिया