गोलीसहित सेनाका कर्मचारी पक्राउ

काठमाडौं : नेपाली सेनाका एक प्राविधक जम्दारसहित पाँच जना एसएलआरका गोलीसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कोटेश्वरका ३१ वर्षीय विश्वकुमार भुजेल, ओखलढुंगा ठूलाछाप–२ का ३१ वर्षीय ज्ञानराज कटुवाल, ओखढुंगा निरगौर्ख–२ का १६ वर्षीय प्रवेश कार्की, काठमाडांै–३५ का २१ वर्षीय सन्तोष कार्की र २० वर्षीय मिलन खरेल ४७ राउन्ड गोलीसहित पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो । पक्राउ पर्ने भुजेल नेपाली सेनाका प्राविधिकतर्फका जमदार हुन भने कटुवाल अमल्दार हुन् । प्रहरीका अनुसार बानेश्वरस्थिति इन्द्रेणी फास्टफुड ल्यान्ड अगाडि बुधबार राति साढे १० बजे अमल्दार कटुवालको झोला चेकजाँच गर्ने क्रममा १८ राउन्ड एसएलआरको गोली फेला परेको हो । भुजेलको डेराबाट खानलासी गर्ने क्रममा २९ राउन्ड एसएलआर गोली बरामद गरेको थियो । भुजेल सुन्दरीजलस्थित व्यारेकमा कार्यरत छन् । (सौस)

प्रतिक्रिया