राजधानीमा आधा घण्टा चक्का जाम

काठमाडौं, ३२ साउन । एमाले निकट युवा संघ नेपालले चितवनमा आफ्ना कार्यकर्ताहरु माथि भएको प्रहरी हस्तक्षेपको विरोधमा काठमाडौंमा चक्का जाम गरेको छ ।
पाँच बजे बानेश्वरमा जम्मा भएका संघका कार्यकर्ताले आधा घण्टा चक्का जाम गरेको महानगरीय प्रहरी रामशाह पथले जनाएको छ ।
बानेश्वरमा भएको चक्का जामका कारण काठमाडौंको उपत्यकाको सवारी आवागमनमा केही प्रभाव परेको थियो । सो क्रममा उनीहरुले सरकार विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया