महोत्तरी, ३२ साउन । महोत्तरी जिल्लाको गौशालाबाट एकजना व्यापारी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गौशाला गाविस–१ घर भएका अन्दाजी २५ वर्षीय नागेन्दर साह हलुवाई रहेको प्रहरी निरीक्षक जयनारायण यादवले जनाए । गएराति गौशाला बजारस्थित आफ्नै चिया पसलमा सुतिरहेका साह अकस्मात बेपत्ता भएका हुन् ।
विहान १ बजेसम्म आफ्नै पसलमा सुतिरहेका नागेन्दरको अपहरण भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया