गठबन्धनले मुडभेडमा फसाउछ: नेपाल

काठमाडौं, ३२ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादीले आफ्नो नेतृत्वमा गठन गरेको गठबन्धनले मुलुकलाई मुडभेडमा फसाउने बताएका छन् ।
कोटेश्वरस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसाग कुरागर्दै नेपालले मुलुकमा दलहरुका वीच सहमतिको आवश्यक्ता रहेको बताए । उनले भने, ‘सहमति गर्नुपर्ने अवस्थामा एमाओवादीले जुनकुराले समस्या थपिन्छ त्यही काममात्रै गर्ने गर्छ ।’
एमाओवादीको भ्रममा केही दलहरु परेको दाबी उनको थियो । दलहरु विस्तारै भ्रम मुक्त भएर गठबन्धनबाट फर्किने नेता नेपालको भनाई थियो ।
‘अहिले गठन भएको गठबन्धन मुलुकका लागि राम्रो संकेत होईन,’ उनले भने, ‘हामीलाई जति चुनौती दिए पनि एमाओवादीले कदापी जित्न सक्दैन ।’
उनले सहमतिका लागि विश्वासको वातावरण बनाउनुको साटो गठबन्धन बनाएर एमाले र कांग्रेसलाई एमाओवादीले चुनौती दिएको आरोप लगाए ।
उनले एमाओवादीले कांग्रेस र एमाले जस्ता स्थापित लोकतान्त्रिक पार्टीसाग सहमति गरेर मुलुकलाई निकास दिनुको साटो उनीहरुका विरुद्ध लागेर सहमति नचाहेको आरोप लगाए ।
उनले भने, ‘एमाले र कांग्रेकका विरुद्ध लागेर एमाओवादीले मुलुकलाई खतरनाक अवस्थामा पुर्‍याउन लागेको छ ।’
एमाओवादी बलजफ्ती र जवर्जस्तीको राजनीति गर्दै आएको भन्दै नेता नेपालले भने, ‘धाक–धम्की दिन सजिलो छ तर त्यो गरेर जित्न गाह्रो छ ।’
कामचालउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको बर्हिगमनका लागि आन्दोलन बाहेक अरु कुनै विकल्प बाकी नहरेको उनले बताए । उनले सहज रुपमा पद त्याग गरे भट्टराईलाई फाईदा हुने अन्थ्य बेफाईदा हुने बताए ।

प्रतिक्रिया