टर्कीमा दुई लाख सिरियाली शरणार्थी

अनकारा : सिरियाका सैनिकहरू टर्कीतर्फ भाग्ने क्रम जारी रहेको बताइएको छ । सिरियाबाट यसअघि पनि निकै ठूलो संख्यामा सैनिक भागेर टर्की पुगेका छन् । सिरियामा जारी तनाबका कारण यसअघि नै टर्कीले सिरियासँगको सीमाक्षेत्र बन्द गरेको थियो । सिरियाली सरकारी सेनाका जर्नेलहरू टर्की पुग्ने क्रम जारी रहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्कीका अधिकारीका अनुसार सिरिया छोडेका सयौँ सैनिक टर्की पुगेका छन् । यसरी भाग्नेमा करिब २० सैनिक जर्नेल पनि टर्की पुगेका छन् । उनीहरूले त्यहाँ पुगेर सिरिया सरकारविरुद्ध जनमत तयार पारिरहेको बताइएको छ ।
टर्की सिरियाका सैनिक भगौडाहरूको आश्रयस्थल बनेको छ । यसरी सिरिया छाडेर भाग्ने सैनिक अधिकारी एवं सैनिक जवानहरूको ठूलो संख्या टर्कीमा रहेको बताइएको छ । सिरियामा करिब १७ महिनादेखि जारी रहेको सरकारविरोधी आन्दोलनका क्रममा त्यहाँको सरकारी दमन मन नपरेका सैनिकहरू भागेर टर्कीतर्फ जाने गरेका छन् । त्यसैगरी, सिरियाका नागरिक मारिने त्रासले भागेका हुन् । टर्कीका नाम बताउन नचाहने ती अधिकारीका अनुसार त्यहाँ सैनिक एवं सर्वसाधारण पनि भागेर गएका र शरण मागेर बसिरहेका छन् । (एजेन्सी)

प्रतिक्रिया