गाडीबाट आएर नगद लुटपाट

काठमाडौं, ३१ साउन । काठमाडौंको लाजिम्पाटमा एक जना व्यापारी लुटिएका छन् ।
गएराति सुन्धारामा रहेको मोवाइल पसलबाट बसुन्धारास्थित डेरामा जाँदै गर्दा व्यापारी बुद्धिप्रसाद पराजुलीलाई बा. ७ च ६८०२ नम्वरको गाडीबाट आएको अपरिचित समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्ला साँथाचोक–४ घर भएका २८ बर्षीय पराजुलीसँग रहेको नगद २ लाख ३५ हजार रुपियाँ लुटपाट भएको हो ।
सो गाडी र लुटपाट गर्ने दुई अपरिचित व्यक्तिहरुको खोजी भईरहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया