सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कास्की, ३१ साउन । कास्की जिल्लामा आज दुई वटा सवारी साधन एकै पटक पल्टीदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तीन जना घाईते भएका छन् । हेम्जा–६, सुईखेतस्थित म्याग्दी चोकमा ग १ ख २२७२ नम्बरको बसले हेम्जा–७ बस्ने म्याग्दी मराङ घर भएकी ८० वर्षीया स्वस्तिका जुग्जालीले बाटो काटने क्रममा जोगाउन खोज्दा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बस ग १ त ७८३ नम्बरको सानो ट्याक्टरमा ठोकिन पुगेको थियो । बस ठोक्किए पछि दुवै सवारी साधन सुईखेत फाँटमा आज विहान पौने एघार बजे पल्टीएका थिए ।
मृत्यु हुनेमा बसका सहचालक हेम्जा–५ बस्ने २० वर्षीय बिनोद पाण्डे र स्वस्तिका जुग्जाली रहेका छन् । दुर्घटनामा परेर घाईते ३ जनाको पोखरामा उपचार भईरहेको छ ।

प्रतिक्रिया