रकम हिनामिना गरी फरार राई पक्राउ

इलाम, ३० साउन । रकम हिनामिना गगेर फरार रहेकी इलाम दानावारीस्थित लक्ष्मी सामूदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष पूर्णमाया राई पक्राउ परेकी छन् ।
नेपाल वैंक लिमिटेड विर्तामोडमा रहेको हिसाव नम्वर ००८८–११०००४४०७ नम्वरको खाताबाट रकम दुरुपयोग गरी फरार रहेकी राईलाई प्रहरीले आज पक्राउ गरेको हो ।
उनीसँगै फरार रहेका उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान राई भने हालसम्म फरार छन् । यस अघि समितिका सचिव दानावारी–९ का तुलसी बस्नेतलाई गत १८ साउनमा उपभोक्ताहरुले पक्राउ गरी गजुरमुखी इलाका वन कार्यालय सुखानी मार्फत प्रहरीमा बुझाएका थिए ।
अध्यक्ष, सचिव र कोषध्यक्षलाई समितिको खाताबाट ४० लाख रकम हिनामिना गरेको आरोप लागेको छ ।

प्रतिक्रिया