खड्काका समर्थकद्वारा प्रदर्शन

काठमाडौं, ३० साउन । पूर्व मन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालते भ्रष्टाचारी ठहर गर्दै कैद र दण्ड जरीवाना सुनाएपछि आक्रोशित समर्थकले प्रदर्शन सहित तोडफोड र नारावाजी गरेका छन् ।
सर्वोच्च अदालत परिसरमा बाहिर रहेका समर्थक र कांग्रेस कार्यकर्ताले खड्काको पक्षमा नारावाजी समेत गरेका थिए । उनीहरुले केही सवारी साधनमा तोडफोड गरेका छन् ।
समर्थकको नारावाजी र प्रदर्शनका कारण रामशाह पथको यातायात समेत प्रभावित भएको छ । प्रदर्शन र तोडफोडमा संलग्न केही लाई प्रहरीले पक्राउ समेत गरेको छ ।
ठूलो मात्रामा रहेका सुरक्षाकर्मीले स्थितिलाई सामान्य बनाउन प्रयास गरेको छ । सौर्य

प्रतिक्रिया