बाग्लुङ, २९ साउन । बाग्लुङ आयोजित पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा तेस्रो बाग्लुङ महोत्सवको आयव्याय विवरण आइतवार सावर्जनिक गरिएको छ ।
बाग्लुङ उद्योग वाणिज्य संघद्वारा गत १३ देखि २१ चैतसम्म सञ्चालित महोत्सवबाट २० लाख ३३ हजार दुई सय ३४ रुपियाँ नाफा भएको छ । जसमध्ये करिब आठ लाख ९९ हजार रुपियाँ उठ्न बाँकी रहेको संघले जनाएको छ ।
महोत्सव अवधिभर विभिन्न क्षेत्रबाट गरी ७७ लाख २५ हजार दुई सय १६ रुपियाँ आम्दानी भएकामा ५६ लाख ९१ हजार नौ सय ८२ रुपियाँ खर्च भएको संघका कोषाध्यक्ष शिवप्रसाद कँडेलले बताए ।
आम्दानीतर्फ बाग्लुङ उद्योग वाणिज्य संघको दुई लाख, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट ९८ हजार पाँच सय, सहआयोजकबाट सात लाख ९६ हजार ६ सय, मूल प्रायोजकबाट दुई लाख दुई हजार पाँच सय, सहप्रायोजकबाट एक लाख ७५ हजार, नेपाल पर्यटन बोर्डबाट ५० हजार, टिकट प्रायोजनबाट एक लाख ६० हजार, रमाइलो मेलाबाट एक लाख ७५ हजार, हेलिकोप्टरबाट ५० हजार, टिकट बिक्रीबाट २३ लाख २७ हजार आठ सय ९६, विभिन्न कम्पनी तथा संघ/संस्थाबाट आठ लाख ९० हजार एक सय ५०, स्टल बुकिङबाट १० लाख दुई हजार आठ सय ६६ रुपियाँ आम्दानी भएको छ ।
यसैगरी, खर्चतर्फ मञ्च, गेट तथा स्टल निर्माणमा पाँच लाख एक हजार ८०, राष्ट्रिय कलाकारका लागि पाँच लाख ८९ हजार, अतिथि सत्कारमा दुई लाख ९१ हजार, प्रेस छपाइमा एक लाख २० हजार, प्रचारप्रसारमा दुई लाख १८ हजार नौ सय, ब्यानर तथा फ्लेक्स प्रिन्टमा तीन लाख ४१ हजार, सुरक्षामा तीन लाख ९० हजार, आर्थिक सहयोगमा चार लाख आठ हजार, विद्युतीय सामग्री खरिदमा दुई लाख ४३ हजा, भलिबलमा दुई लाख ४० हजार, लोकदोहोरी गीतमा तीन लाख ५१ हजार, मायाको चिनोमा दुई लाख ९० हजार रुपियाँ खर्च भएको छ ।
बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सवको टिकट बिक्रीबाट आएको करिब तीन लाख रुपियाँ बाग्लुङ बजारलाई सुरक्षित तथा व्यवस्थित बजार बनाउन खर्च गरिने बताए । उनले त्यसका लागि अन्य संघ/संस्थासँग सहकार्य गरेर चोकचोकमा सिसिटिभी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया