अनेरास्ववियुद्वारा विधानसभा आह्वान

काठमाडौं, २८ साउन । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संगठनको विधानलाई समसामयिक बनाउन भदौं दोस्रो साता विधानसभा बोलाएको छ ।
भादौंको ९ देखि ११ गतेसम्म काठमाडौंमा हुने विधानसभामा आन्तरिक संगठन शुद्धिकरणका बारेमा छलफल गर्ने अनेरास्ववियले जनाएको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा विधानसभाका लागि राजनीतिक र आर्थिक विषयसँग जोडिएका नीतिगत प्रतिवेदन तयार गर्न अध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा कार्यदल गठन गरेको जानकारी दिईएको छ ।
विधानसभाको मस्यौदा तयार पार्न महासचिव किशोर विक्रम मल्लको संयोजकत्वमा अर्को समिति पनि बनाईएको छ ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले शैक्षिक अराजकतालाई अन्त्य गर्न विदेशी नाममा खोलिएका स्कुल कलेजहरु र सिटिइभिटीले लिएको परीक्षा प्रणालीलाई निशाना बनाएर अगाडि बढ्ने बताए ।
संगठन भित्र हुर्किदै गएको गलत प्रबृत्तिको सुद्धिकण, संगठनलाई शैक्षिक संस्था र विश्वविद्यालयका आधारमा महासंघीय स्वरुपमा परिवर्तन गर्न, आर्थिक र सांगठानिक अनुशासनको कडा नियम बनाउने, संगठनभित्र देखा परेको अराजकता, गुण्डागर्दी, असांगठनिक गतिविधिमा संलग्न भएका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउने जस्ता निर्णयहरु विधानसभाबाट गरिने छ ।

प्रतिक्रिया