चितवन, २८ साउन । चीजकुमार–विष्णुकुमारी श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट वरिष्ठ पत्रकारद्वय हरिहर विरही र तारानाथ दाहाल सम्मानित भएका छन् ।
चितवनमा आज आयोजित विशेष कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले सो पुरस्कारबाट विरही र दाहाललाई सम्मान गरेका हुन् ।
प्रजातन्त्र सेनानी स्वर्गीय चीजकुमार श्रेष्ठ र उनकी धर्मपत्नी बिष्णुकुमारी श्रेष्ठको स्मृतीमा उनका परिवारले उपलब्ध गराएको आर्थिक सहयोगबाट प्रेस युनियन चितवनले पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी जनही २५ हजार ५ सय ५५ रुपियाँ रहेको छ ।
सभापति कोइरालाले सम्मान पत्र, दोसल्ला र नगदले उनीहरुलाई सम्मान गरेका हुन् । विरहीलाई वर्ष २०६८ र दाहाललाई वर्ष २०६९ का लागि सम्मान प्रदान गरिएको हो ।
प्रतिक्रिया