जापान अन्तर्राष्ट्रिय अदालत जाने

टोकिया : जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले टोकियोले उसका द्वीपहरूको समूहका विषयमा दक्षिण कोरियासँग भएको विवादलाई अन्तर्राष्ट्रिय अदालतले समाधान गरोस् भन्ने विचार गरिरहेको बताएका छन् । जापानी जलक्षेत्रमा रहेका तथा जापानी भाषामा ताकेसिमा तथा कोरियाली भाषामा डोक्डो नाम गरेका यी द्वीपहरूमा दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ–बाकले अकस्मात भ्रमण गरेपछि जापानले उक्त
धारणा राखेको हो ।
विदेशमन्त्री गेम्बाले यस विषयलाई अन्तर्राष्ट्रिय कानुन माध्यमबाट शान्तिपूर्ण समाधान गर्ने र यस विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने विषयमा जापानले विचार गरिरहेको पत्रकारसामु उल्लेख गरे । उनले यस्तो कार्य गर्न निकै ढिलो नहुने र हाल सरकारले यसबाट उसको दक्षिण कोरियासँगको सम्बन्धमा कस्तो प्रभाव पर्ने भन्ने विषयमा अध्ययन गरिरहेको उल्लेख गरे । उनले उक्त द्वीपमा दक्षिण कोरियाली राष्ट्रपतिको भ्रमणले यस्तो विषयमा विचार गर्न आवश्यक नपरेको पनि उल्लेख गरे । उनले जापानले आफ्नो अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुपर्ने पनि बताए ।
दक्षिण कोरियाली राष्ट्रपतिको उक्त द्वीपको भ्रमणपछि जापानले आफ्ना राजदूत मासातोसी मुटोलाई टोकियो बोलाएको थियो । विदेशमन्त्री गेम्बाले राजदूतसितको भेटपछि यी जानकारी दिएका हुन् । राष्ट्रपति लीले सोलको नियन्त्रणमा रहेको उक्त द्वीपमा शुक्रबार भ्रमण गरेका थिए । टोकियोले भने यस्तो भ्रमणले दुई मुलुकबीचको सम्बन्ध अझै बिग्रने चेतावनी दिएको थियो । (एजेन्सी)

प्रतिक्रिया