काठमाडौं : नेकपा एमाले नारायणी अञ्चल सम्पर्क कमिटीले सौर्यकर्मी रामकुमार एलनलाई ०६८ सालका लागि उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
नारायणी अञ्चलबाट काठमाडौं आएर पत्रकारिता गरिरहेका पत्रकारका लागि स्थापित सो पुरस्कार शनिबार काठमाडौंमा अञ्चल सम्पर्क कमिटीले सौर्यकर्मी एलनलाई प्रदान गरेको हो । अञ्चल सम्पर्क कमिटीको दोस्रो प्रतिनिधि बैठक उद्घाटनका क्रममा एमाले अध्यक्ष झलनाथ खनालले पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशि ५ हजार रुपियाँ र सम्मानपत्र छ ।
एमाले राष्ट्रिय प्रतिनिध परिषद् सदस्य रामहरि सिलवाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष गोविन्द चौलागाईं र प्रेस चौतारी नेपाल काठमाडौंका अध्यक्ष शन्तराम बिडारी संलग्न कमिटीको निर्णयबाट एलनलाई पुरस्कार प्रदान गरिएको सम्पर्क कमिटीका अध्यक्ष नवराज तिमिल्सिनाले बताए । (सौस)
प्रतिक्रिया