पत्रकारितामा यौन


पुष्करलाल श्रेष्ठको पत्रकारिताजीवनको सुरुआत नै ‘ग्ल्यामर’, रंग वा कलापत्रकारिताबाट भएको हो । ‘रंगक्षेत्रमा यौनका बारेमा अन्य क्षेत्रको तुलनामा अलि बढी कुरा उठ्ने र त्यस्ता क्रियाकलाप पनि अलि बढी नै हुने गर्छन्’, पुष्कर भन्छन्, ‘र, म त्यही क्षेत्रको ‘वाच डग’का रूपमा काम सुरु गरेको मान्छे ।’ स्वाभाविक रूपमा त्यो क्षेत्रमा क्रियाशील कलाकारहरूसँग नजिकको सम्बन्ध, सम्पर्क र उठबस हुने नै भयो उनको । चाहेर पनि यौन र त्यससँग सम्बन्धित विषय उनको पत्रकार–व्यक्तित्वको सन्दर्भसँग अस्वीकार गर्नै नमिल्ने गरी जोडिएको छ भन्न उनलाई कुनै हिचकिचाहट हुँदैन ।
पत्रकारिताजीवनको प्रारम्भिक यात्राताका सुुरु गरेको ‘कामना’को उद्देश्य थियो रे, ‘कलाक्षेत्रका विकृति–विसंगति उजागर गरेर अनुशासित र व्यावसायिक उद्योगका रूपमा यसलाई स्थापित गराउनु ।’  भन्छन्, ‘त्यसैले ममा ठूलो जिम्मेवारी र चुनौती थियो । व्यक्तिगत स्वार्थलाई महत्त्व दिएर विसंगतिलाई ढाकछोप गर्ने सन्दर्भ अस्विकार्य थियो मलाई ।’
उनका अनुसार, भाग्य वा दुर्भाग्य † संयोगले त्यस्ता विकृति–विसंगति ढाकछोप नगर्ने पत्रकारलाई यौनप्रस्ताव बढी आउँदा रहेछन् । भन्छन्, ‘विकृति र विसंगतिलाई आधार मानेर व्यक्तिगत स्वार्थका लागि सम्झौता नगर्ने भएपछि त्यस्तो प्रवृत्तिका मान्छे यौनप्रस्ताव लिएर सम्झौताको वातावरण तयार गर्न लागिपर्दा रहेछन् । कतिपय महिला कलाकार आºनो क्षेत्रमा विभिन्नखालका गल्ती गर्छन् र त्यस्ता गल्ती ‘कामना’ले थाहा पाएपछि आºनो पेसागत ‘करिअर’ नै डामाडोल हुने ठानी बचाउका लागि यौनप्रस्ताव गर्छन् । त्यसताका बरु राष्ट्रिय दैनिक गोरखापत्र र अन्य अखबारमा आºना नराम्रा कुरा छापिँदा कलाकार त्यति चिन्तित हुँदैनथे, जति ‘कामना’मा छापिँदा हुन्थे ।’ उनको भनाइलाई आधार मान्ने हो भने त्यसको एउटै कारण थियो, कलाक्षेत्रमा ‘कामना’को व्यावसायिक विश्वसनीयता ।
कलाक्षेत्रमा एकछत्र राज गरिरहेको ‘कामना’मा आफूले गरेको अक्षम्य गल्ती छापिँदै छ भन्ने थाहा पाएपछि त्यस्ता कतिपय महिला कलाकारहरू आºनो कलाकारिताजीवन नै समाप्त हुने भो भनेर सम्झौता–प्रस्ताव राख्थे रे † प्रस्ताव प्राय: यौन–विषयमै आधारित हुन्थ्यो रे † भन्छन्, ‘इमानदार भएर भन्ने हो भने त्यस क्षेत्रमा यौन–विषय त्यति ठूलो कुरा पनि होइन । तर, सबै कलाकार त्यस्ता छैनन् । विशुद्ध रूपमा पेसाप्रति इमानदार र शुद्ध आचरणका कलाकार नभएका होइनन् । तर, केही कलाकार प्रतिभा भइकन हदैसम्मको सम्झौतापरस्त स्वभावका पनि थिए । उनीहरूका लागि यौन आफैँमा ठूलो कुरा थिएन, थियो त केवल कथित प्रगतिपथमा लम्कने एउटा माध्यम मात्र । तर, ‘कामना’को सम्पादकका लागि त्यो ठूलो कुरा थियो र त्यो विषय पत्रकारिता ‘करिअर’सँग प्रत्यक्ष सम्बन्धित थियो ।’
कुनै जमानामा ‘कामना’को ‘क्रेज’  यति धेरै थियो कि प्रत्येक अंकको प्रकाशनपछि कलाक्षेत्रमा एक खालको हंगामा नै पैदा हुन्थ्यो । तर, त्यसताका फिल्म असाध्यै कम बन्थे । त्यसैले कलाक्षेत्रमा पेसा–क्रियाकलाप पनि असाध्यै कम हुन्थ्यो । नवप्रवेशीको त कुरै छाडौँ, कलाक्षेत्रमा स्थापित कलाकारलाई पनि अभिनय–मौका पाउनु आफैँमा कठिन थियो । तर, त्यसताका नेपाली समाजमा हिन्दी फिल्मको प्रभाव व्यापक थियो । त्यसैको फलस्वरूप फिल्म खेल्न लालायित धेरै थिए । त्यसमा पनि खास गरी मोफसलबाट फिल्म खेल्ने सपना बोकेर राजधानी आउने ‘केटी’हरूको सन्दर्भ रोचक हुन सक्छ । भारतका विभिन्न प्रान्तबाट हिरोइन बन्ने सपना बोकेर मुम्बई र संसारभरिका राम्रा युवती ‘ग्ल्यामर’मार्फत आºनो भाग्य आजमाउन हलिउड पुगेजस्तै मोफसल र मुलुकबाहिरको दार्जलिङबाट धेरै युवती राजधानी काठमाडौं छिर्थे । पुष्कर थप्छन्, ‘त्यो क्रम निरन्तर चलिरहेको छ ।’
फिल्मजगत्मा स्थापित हुने सपनासहित संघर्षका लागि राजधानी आइपुगेका युवती निर्माता–निर्देशकका आँखामा त्यसै त पर्दैनन् । फिल्म खेल्न र छनोट हुन कुनै न कुनै रूपले निर्माता–निर्देशकको नजरमा भने पर्नैपर्ने हुन्छ । त्यसरी निर्माता–निर्देशकको आँखामा पर्ने उपयुक्त माध्यमको विकल्प त्यसताका ‘कामना’भन्दा अरू केही थिएन ।
सञ्चारमाध्यममा त्यसताका ‘मनोरञ्जन’  महत्त्वको विषय भइसकेको थिएन र प्राय: अखबार र म्यागजिनहरूले फिल्मी विषयलाई प्रखर रूपले समावेश गरेका थिएनन् । बरु एक महिनामा निस्कने भए पनि फिल्मीक्षेत्रसम्बन्धी सामग्रीका लागि ‘कामना’ नै कुर्नुपर्ने बाध्यता थियो । ‘कामना’ले ‘प्रतिभा–परिचय’ भन्ने नियमित स्तम्भ चलाउँथ्यो । नवप्रवेशी महिला कलाकार त्यो स्तम्भमा आºनो तस्बिर छाप्न पाइयो भने कुनै निर्माता–निर्देशकको आँखामा पर्न सकिन्छ कि भनी तँछाडमछाड गर्थे । भन्छन्, ‘त्यो स्तम्भका लागि एउटा अंकमा हामीले १ पेज छुट्याएका थियौँ र ५–७ जनाभन्दा बढीलाई समेट्दैनथ्यौँ । त्यसका लागि एक वर्षभन्दा पहिलेदेखि ‘क्यु’ हुन्थ्यो । तर, मोफसलबाट कलाकार वा हिरोइन हुने सपना बोकेर राजधानी आएर, डेरा लिएर वा होटलमा बसेका युवती एक–एक वर्षसम्म कुर्न सक्ने अवस्थामा हुँदैनथे । त्यसैले हतारमा ‘कामना’मा तस्बिर छपाउन र निर्माता–निर्देशकको आँखामा पर्न प्रयासरत हुन्थे । प्रारम्भिक स्तरका नवप्रवेशी कलाकारको अवस्था त्यस्तो थियो ।’
कलायात्राका क्रममा वा व्यक्तिगत जीवनमै पनि आफूले गरेका अक्षम्य गल्तीहरूको पर्दाफास ‘कामना’बाट नहोस् भनेर सम्झौता–प्रस्ताव त धेरै आए रे कलाकारबाट । भन्छन्, ‘त्यसबाहेक छिटोभन्दा छिटो कलाक्षेत्रमा लोकप्रिय हुन यौन–लेनदेनमा आधारित भएर ‘कामना’लाई प्रयोग गर्न खोज्ने कलाकार पनि प्रशस्तै थिए । जसले ‘कामना’को सम्पादक भएको नाताले मलाई यौनप्रस्ताव राखेका थिए ।’ ‘कामना’मा उनीहरूका तस्बिर, समाचार वा अन्तर्वार्ता प्रशस्तै आए । भन्छन्, ‘तर उनीहरूको यौनप्रस्ताव स्विकारेर ती सामग्री प्रकाशित भएका होइनन् । बरु उनीहरूको यौनप्रस्ताव र त्यसलाई अस्वीकार गरिएको सन्दर्भसहितको ‘स्क्यान्डल’ ‘कामना’ले प्रकाशित गरेका थुप्रै उदाहरण छन् । त्यस्ता यौनप्रस्तावको ‘स्क्यान्डल’लाई ‘कामना’ले अझ उग्र रूपमा प्रस्तुत गर्ने गथ्र्यो । त्यस्ता व्यक्ति वा प्रवृत्तिलाई बेवास्ता गर्ने र पर्दाफास नगर्ने हो भने फिल्मक्षेत्र नै विकृत हुन्छ भनेर हामी उनीहरूका विरुद्ध प्रस्तुत हुन्थ्यौँ ।’
रोचक कुराचाहिँ यौनभन्दा पनि यौन प्रस्ताव राख्ने तरिका हुन सक्छन् । विभिन्न बहानामा यौनमैत्री वातावरण तयार गरेर कि त घरमा बोलाइन्थ्यो, कोही नभएको अवस्थामा । वा, सहरभन्दा अलि टाढा खाना र अन्य व्यवस्था भएका ‘अर्ध–भूमिगत’जस्ता लाग्ने रेस्टुराँ वा रिसोर्टमा बोलाइन्थ्यो रे † भन्छन्, ‘त्यस्ता ठाउँमा गोप्यता र रमाइलो दुवै हुन्छ । त्यस्ता ठाउँका भेटमा उनीहरू सिधै यौनप्रस्तावसहित प्रस्तुत हुँदैनथे । औपचारिक कुरा छ अथवा सल्लाह लिनु छ भनेर बोलाउने गर्थे । सल्लाह लिनु छ भनेर बोलाएपछि सम्बन्धित क्षेत्रकै मान्छे भएका नाताले जानैपर्ने हुन्छ ।’
ती क्षण र प्रसंगबारे पुष्कर बोलिरहेका छन्, ‘त्यस्ता बोलावटमा भेट भएको पहिलो क्षणदेखि नै एक खालको प्रभावमा पार्न यौनकेन्द्रित व्यवहार केही युवती–कलाकारबाट हुन्थे । ‘कामना’को सम्पादक अर्थात् म भगवान् त होइन, मान्छे नै हुँ ।’
(‘कलम’ बिहीबार सार्वजनिक भएको हो ।)

प्रतिक्रिया