काठमाडौं : छोरीमैंया महर्जन बेपत्ता भएको पाँच महिनासम्म पनि प्रहरी–प्रशासनले अत्तोपत्तो लगाउन नसकेपछि उनका परिवार तथा आफन्त आन्दोलित भएका छन् । छोरीमैंया खोजी दबाब समूहले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर काठमाडौंअगाडि शुक्रबार अनशन थाल्ने जनाएको छ ।
प्रमाण हुँदाहँुदै प्रहरी अनुसन्धान फितलो भएको भन्दै तीनदिने अल्टिमेटमसहित गत २२ साउनमा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाए पनि खोजीका लागि पहल नभएपछि दबाब समूह आन्दोलित भएको हो । संघर्षका कार्यक्रमअन्तर्गत सुरुमा शुक्रबारदेखि सात दिनसम्म हनुमानढोकाअगाडि अनशन बस्ने समूहले जनाएको छ ।
‘ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले मन्त्रिपरिषद्मा छलफल गराउने र त्यसपछि खोजी गर्ने भन्नुभएको थियो,’ महर्जनकी छोरी सुधाले सौर्यसँग भनिन्, ‘तर बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा यस विषयलाई प्रवेश नगराइएपछि हामी संघर्षमा उत्रिन लागेका हौँ ।’
ज्ञापनपत्रमा पीडितले ७२ घन्टाभित्र महर्जनको अवस्था सार्वजनिक नगरे जस्तोसुकै आन्दोलन गर्न सक्ने र त्यसको जवाफदेही राज्य नै हुनुपर्ने चेतावनी दिइएको थियो । गत १६ फागुन बिहान सवा आठ बजे कामको सिलसिलामा बानेश्वरस्थित साथीकहाँ जाने भनी घरबाट हिँडेकी महर्जन
बेपत्ता छिन् । विस्मिता श्रेष्ठ/प्रशिक्षार्थी
प्रतिक्रिया