नवलपरासीमा खाद्य संकट

कावासोती, २५ साउन । नवलपरासीका विकट पहाडी गाविसमा डेढ महिनासम्म यातायात सञ्चालन नहुँदा खाद्यान्न संकट भएको छ ।
दलदले–बुलिङ्टार सडकखण्डको कुमसोतदेखि पाङ्ग्रेसम्म दर्जनौँ ठाउँमा पहिरो जाँदा सवारीसाधन सञ्चालन नभएर खाद्य संकट भएको हो ।
बुलिङ्टार, डाँडाझेरी, अर्खला, नरम, रुचाङ, डेढगाउँ, धौवादी, भारतीपुर, जौवारीलगायतका एक दर्जन गाविसमा यातायात सुचारु नभए पछि खाद्य संकट उत्पन्न भएको रुचाङका पूर्वगाविस अध्यक्ष हुमनाथ पाण्डेले जानकारी दिए ।
गत असार–७ गते पहिरो गएपछि अवरुद्ध सडकमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जिविस नवलपरासीले बेवास्ता गर्दा पहाडी भेगमा खाद्य संकट भएको छ ।

प्रतिक्रिया