काठमाडौं, २३ साउन । एमाले निकट युवा संघ नेपालले आह्वान गरेको चार घण्टे नेपाल बन्दका कारण सर्वसाधारणले मुलुक भरी सास्ती बेहोर्नु परेको छ ।
बन्द विहान ६ देखि १० बजेदेखि सम्म भएको थियो । बन्दका क्रममा सवारी साधन, वजार, पसल, उद्योगलगायत चार घण्टा प्रभावित भएको प्रहरीले जनाएको छ ।
दस बजे बन्द खुले पछि सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ ।
संघले कामचलाउ सरकार र प्रधानमन्त्री बाबुराम भट्टराईका कामकारबाहीलगायतको विरोधमा बन्द आह्वान गरेको हो ।
बन्द उलंघन गरेको भन्दै केही स्थानमा संघका कार्यकर्ताले सवारी साधनमा तोडफोड समेत गरेका छन् ।
उता, चितवनमा पनि बन्दको प्रभाव परेको थियो ।
बन्दका क्रममा जिल्लामा कुनै पनि सवारी साधनचल्न हुन नसकेको प्रहरीले जनाएको छ ।
बन्दकाकारण चितवनमा लामो तथा छोटो दुरीका यातायातका साधन संचालनमा आउन सकेनन् ।
बजार, पसल तथा उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प रहेका थिए ।
प्रतिक्रिया