वेहोस प्रहरी जवानको मृत्यु

खोटाङ, २२ साउन । खोटाङ जिल्लाको चिसापानी–८ स्थित सशस्त्र प्रहरीको हलेसी गुल्ममा कार्यरत एक जना प्रहरीको आज मृत्यु भएको छ ।
हलेसी गुल्म दिक्तेल दरवन्दी भएका सशस्त्र प्रहरी जवान कुमार श्रेष्ठ डिउटी सकेर सुतेका समयमा बोहस भएका थिए । उनको मृत्युको कारण खुलेको छैन ।
बेहोस श्रेष्ठलाई उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया