पोशाक नलगाए कारबाही

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा पोशाक नलगाउने सरकारी कार्यालयका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।
अख्तियारका प्रवक्ता ईश्वरी पौड्यालले आज विज्ञप्ति जारी गरेर पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाई कारबाही गर्नुस ।’
पोशाक भत्ता लिएर निर्धारित समयमा पोशाक कर्मचारी तथा शिक्षकले सो नियम उलंघन गर्न थाले पछि अख्यिारले आज यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया