सौराहमा युवक मृत फेला

चितवन, २२ साउन । चितवनको पर्यटकीय नगरी सौराहाको थारु किचन होटलमा आज विहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।
होटलको कोठामा गएराति वास वसेका वछौली–६ का २६ वर्षीय विजयकुमार चौधरी मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख देवेन्द्रवहादुर पालले जानकारी दिए ।
आफ्ना तीन जना भाई र साथीहरुसँग राति साढे ९ वजे खाजा खान होटल पुगेका चौधरीको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ ।
चौधरीसँगै खाजा खान होटलमा आएका भाई र साथीहरु रातिनै फर्किएका थिए भने चौधरी होटलमै बास बसेका हुन् । सो समूहमा एक जना महिला पनि रहेकी थिईन ।

प्रतिक्रिया