काठमाडौं, २२ साउन । चर्को विरोध र विवादका वीच सरकारको मुख्य सचिवमा नियुक्त लीलामणि पौडेलले आज आफ्नो पदभार ग्रहण गरेका छन् ।
उनीले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मुख्य सचिवको पदभार ग्रहण गरेका हुन् ।
मुख्य सचिव माधवप्रसाद घिमिरेले आज देखि अनिर्वाय अवकास पाएपछि पौडेलले मुख्य सचिवको जिम्मेवारी सम्हालेका हुन् ।
पौडेललाई केही दिन अघि मन्त्रिपरिषदले मुख्य सचिवमा बढुवा गरेको थियो ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिने पौडेल वरिष्ठतम सात सचिवलाई उछिन्दै मुख्य सचिव भएका हुन् ।
उनको नियुक्ति पछि चार सचिवले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा समेत दिएका थिए ।
प्रतिक्रिया