चार हजार चल्ला बरामद

भैरहवा, २१ साउन । सशस्त्र प्रहरी बल राजस्व गस्ती डण्डा भैरहवालै अबैध रुपमा नेपाल भित्राउदै गरेका कुखुराको चल्ला बरामद गरेको छ ।
बरामद चल्लाहरु नष्ट समेत गरिएका छन् । भारतबाट नेपाल ल्याईदै गरेका चल्ला नवलपरासीको गिर्मी गाविस वडा नम्वर ७ बाट प्रहरीको गस्तीले बरामद गरेको सशस्त्र प्रहरी बल राजस्व गस्ती डण्डाका नायव उपरीक्षक बीरेन्द्र ऐरले जानकारी दिए ।
सशस्त्रले आज विहान दुई बजे पैदल ल्याउँदै गरेका झण्डै ४ हजार चल्ला बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाई देखेपछि चल्ला छाडेर चार जना व्यक्ति भागेको ऐरले बताए । बरामद चल्लाको बजार मूल्य दुई लाख चालिस हजार रुपियाँ बराबर रहेको अनुमान छ । सौर्य

प्रतिक्रिया