उपत्यकामा दुई शव फेला

काठमाडौं, २० साउन । काठमाडौं र भक्तपुरमा आज महिला र पुरुषको शव फेला परेको छ ।
भक्तपुरको बालकोट–७ स्थित खेतमा आज विहान पौने सात बजे अन्दाजी २७ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । उनको नाम, थर, वतन खुल्न सकेको छैन ।
यता, काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्स पछाडी आजै विान एक महिलाको शव फेला परेको छ । उनको पनि पहिचान खुल्न सकेको छैन ।
अंदाजी ५० बर्षीया महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया