नेविसंघको महाधिवेश पुसमा

काठमाडौं, १८ साउन । आन्तरिक चरम विवादबाट गुज्रिदै आएको नेपाल विद्यार्थी संघले आफ्नो केन्द्रीय महाधिवेशन आगामी पुसमा गर्ने भएको छ ।
राजधानीमा हालै सम्पन्न नेविसंघको केन्द्रीय समिति बैठकको निर्णय अनुसार पुसको अन्तिम साता महाधिवेशन गर्ने प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
पुससको २५ गते देखि २७ सम्म हुने महाधिवेशनको स्थान भने तोकिएको छैन ।
यद्यपी नेविसंघले लाहान, विराटनगर, काठमाडौं, झापा, पोखरा, बुटवल र धनगढी मध्ये कुनै एक ठाँउमा गर्न प्रस्ताव गरेको छ ।

 
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार बन्धुहरु,

नेपाल विद्यार्थी संघका अध्यक्ष श्री रंजीत कर्णको अध्यक्षतामा मिति २०६९।०३।२३ गते देखी मिति २०६९।०४।०२ गते सम्म पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौंमा बसेको दोस्रो औपचारीक बैठकले गरेका निर्णयहरुः

प्रिय विद्यार्थी साथीहरु ,
देशको राजनीति इतिहासकै जटिल अवस्थामा पुगेको छ ।हाम्रो आफ्नै पार्टी ने.का.को अग्रसरतामा आज भन्दा सात वर्ष अघि थालनी गरेको वाह्बुदे सम्झौताले तोकेको राष्ट्रिय कार्यभार संविधान सभाको चुनावपछि बामपन्थी दलको नेतृत्वमा चार जना प्रधानमन्त्री हुँदा पनि पुराहुन सकेन । यहि गम्भिर अवस्थामा राजनीतिक पार्टीका शिर्षस्थ नेताहरु देशको विधामान समस्यको निकाश निकाल्न विभिन्न चरणमा बैठकहरु वसिरहेका छन् । यसको बाबजुत हालसम्म कुनै पनि स्पष्ट परिणाम निस्कन नसकेको तितो यथार्थ हाम्रा सामु छदैछ । ६ दशक देखिको लामो सर्घषबाट प्राप्त संविधानसभा माओवादीको रणनितिक चालवाजिको कारण शिकार वनी २०६९।०२।१४ गते भंग हुन पुग्यो, संविधानसभा भंग गर्ने माओवादीको रणनीतिक चालवाजीमा लोकतान्त्रिक शक्ति भनि कहिल्यै नथाक्ने वर्तमान सत्ता साझेदार मधेसी पार्टीहरु समेत षड्यान्त्रको मतियार बन्न पुगे । जुन कारणले नेपाली कांग्रेस र एनेकपा माओवादीको सात बर्षे सहयात्रामा एउटा पूर्णविराम लाग्यो । तर पनि देशको सबैभन्दा पुरानो र परिपक्क लोकतान्त्रिक पार्टी ने.का.का सभापति शुसिल कोइरालाको अगुवाईमा हालैका दिनहरुमा तिन दलको बैठक बसाली बाँकी हाम्रो यात्रालाई सहमति, एकता र सहकार्यको माध्यबाट निरन्तरता दिने समझारीले देश र जनतालाई केही राहत भएको छ । यो असंवैधानिक भ्रष्ट बाबुराम सरकारको आयु लम्बिदै जाँदा देशलाई थप बर्बादि गर्ने योग्यता बाहेक अरु केही राख्दैन, महङ्गि भ्रष्टचार,अत्याचार,अशान्ति र अन्योलले देशलाई थप आक्रान्त बनाउने निश्चित छ त्यसेैले यो असंवैधानिक सरकारलाई निरन्तरता दिनु भनेको देशमा अर्को दुर्घटना निम्ताउनु हो । त्यसकारण देशलाई अव पुन सहमतिको यात्रामा डोराउने एक मात्र विकल्प नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरि संविधान निर्माणमा बाँकी रहेका कामहरुलाई पुरा गरि लोकतान्त्रिक संविधान बनाउने र संसद्को निर्वाचन गरि जनभावना अनुसार अगाडी बढ्ने हो । यो अभियानलाई सफलताको चुचुरोमा पुयाउन हामीलाई इतिहासले एउटा नयाँ जिम्मेवारी सुम्पिएको छ । त्यसका लागि यो प्रतिगामि सरकारलाई आन्दोलनद्वारा बर्खास्त गनुपर्छ, साथै ने.वि.संघको द्रुतगतिमा संंगठन निर्माण गरि जिल्ला क्याम्पस अधिवेशन पश्चात हाम्रो महाधिवेशन तोकिएको समयमा भव्य र सभ्य ढंगबाट सम्पन्न गनुपर्छ । ने.वि.संघ केन्द्रीय समितिको मिति २०६९।०३।२३ गते देखी २०६९।०४।२ गते सम्म पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौमा एक हप्ता सम्म चलेको ऐतिहासिक बैठकका केहि महत्वपूर्ण निर्णय र महाधिवेशन कार्यातालिका समेत तपसिल अनुसार सार्वजानिक गरेको छौ ।
संगठन विस्तार, सुदृढिकरण,महाधिवेशन सम्बन्धि प्रस्तावहरु

१. संगठन विस्तार र सुदृढिकरण सम्बन्धमा विभिन्न जिल्ला, क्याम्पस तथा विश्वविद्यालयमा केन्द्रीय प्रतिनिधि पठाउने सम्बन्धमा यस अघि २०६९ वैशाख १८ गते दरवार हाइस्कुलमा बसेको ने.वि.संघ केन्द्रीय समितिको बैठकमा ४८ जना केन्द्रीय सदस्यहरुको अनुपस्थिति रहेकोले उक्त निर्णयहरुमा संसोधन गरि पुर्नविचार गर्ने र अध्यक्षले केन्द्रीय समितिमा रहेका सिनियर र महत्वपूर्ण सदस्यहरुसँगको परामर्श र सहमतिमा प्रतिनिधि खटाउने र ने.वि.संघको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा ऋषिकेश जंग शाह सहितका सदस्य साथिहरुले सिफारिस गरे मुताविक २।२ जना साथिहरुलाई उक्त समितिमा थप गर्नका लागि पहल गर्ने एंव वर्तमान केन्द्रीय समितिमा रहेका सदस्यहरुको मर्यादाक्रमको सुची तयार गरिदिनका लागि पार्टी नेतृत्व समक्ष विनम्र अनुरोध गर्ने निर्णय गरियो ।
२. नेपाल विद्यार्थी संघको संगठनलाई विद्यालयदेखी विश्वविद्यालय,मेची देखी महाकाली ,हिमाल देखी तराई सम्मका गाँउ बस्तीमा रहेका सबै शिक्षालयहरुमा संगठन निर्माण ,सुदृढिकरण र विस्तार गरि सबै तहमा अधिवेशन सम्पन्न गर्न निम्न अनुसारको कार्यातालिका सर्व सम्मत रुपमा पारित गरि, केन्द्रीय माहाधिवेशनको मिति र स्थानका लागी निर्णायार्थ पार्टी नेतृत्व समक्ष प्रस्ताव गर्ने निर्णय गरियो ।

केन्द्रीय समितिद्वारा पारित संगठन निर्माण तथा महाधिवेशनको कार्य तालिका

मिति कार्यक्रमको शीर्षक स्थान
२०६९।०४।३१–३२ केन्द्रीय सदस्यहरुलाई २ दिने प्रशिक्षण धुलिखेल, ककनि, नगरकोट, गोदावरी र बन्दीपूर,मध्ये कुनै एक ठाँउ गर्ने
२०६९।०५।०२ गतेसम्म संगठनको ऐतिहासिक तथा आधिकारीक दस्तावेज तयार गरि मा.वि. उच्च मा.वि., क्याम्पस,विश्वविद्यालय, निर्वाचन क्षेत्र, जिल्ला समिति र केन्द्रीय महाधिवेशन नियमावली र विधान संसोधन मस्यौदा समिति गठन गरी, त्यो समिति मार्फत नियमावली र संसोधित विधान तयार गरी पार्टी नेतृत्वबाट अनुमोदन गराई सक्ने ।

२०६९।०५।१० गते सम्म केन्द्रीय प्रतिनिधीले जिल्ला र कलेजहरुको गतिविधि बुझी केन्द्रमा सत्य र तथ्यमा आधारीत लिखित रिपोर्ट बुझाई सक्ने, निष्कृय, विवादीत जिल्ला तथा क्याम्पसहरुको सुची बनाई अनिवार्य रुपमा विवाद समाधान गरिसक्ने ।
२०६९।०५।२५ गते सम्म चौध अञ्चलको अञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने ।
२०६९।०६।२९ गते सम्म देशभरका सरकारी, निजि क्याम्पस, प्राविधिक शिक्षलय, मा.वि. उच्च मा.वि.हरुमा सदस्यता वितरण र कक्षा कोठा सम्म संगठन विस्तार गरि अनिवार्य रुपमा अधिवेशन सम्पन्न गरि ने.वि.संघको विधानले व्यबस्था गरे अनुरुप महाधिवेशन प्रतिनिधि समेत छनोट गर्ने । सबै नव निर्वाचित र संगठन विस्तार भएका तल्लो इकाइका सबै समितिहरुको अभिलेख केन्द्रमा पठाउने ।
२०६९।०८।२१ देखी २५ गते सम्म देशभरका २४० वटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने ।
२०६९।०८।३० गते सम्म ७५ जिल्लामा जिल्ला अधिवेशन एकै दिन सम्पन्न गरि महाधिवेशन प्रतिनिधी समेत निर्वाचित गर्ने ।
२०६९।०९।१० गते सम्म
महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा प्रकाशन गरि एक प्रति नेपाली कांग्रेसको पार्टी कार्यालयमा बुझाउने र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्ने ।
२०६९।०९।२५ देखी २७ सम्म केन्द्रीय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने । ( निर्णायार्थ पार्टी नेतृत्व समक्ष प्रस्ताव गर्ने) लाहान, विराटनगर, काठमाडौं,झापा, पोखरा, बुटवल र धनगढी मध्ये कुनै एक ठाँउमा गर्ने ।
पुनश्च ः क्याम्पस, जिल्ला, स्कूल उच्च मा.वि. को अधिवेशन हुनुभन्दा १५ दिन अगावै साधारण सदस्यता वितरण सपन्न गरी सदस्यताको ५० प्रतिसत शुल्क र अर्धकट्टी केन्द्रमा नपठाउने तथा मा.वि. तहको कक्षा कोठा र क्याम्पस तहको कक्षा कोठासम्म संगठन विस्तार नगर्ने कुनै पनि जिल्ला तथा क्याम्पस इकाइलाई महाधिवेशनमा सहभागि गराइने छैन । साथै संगठन राम्रो गरि नमुना बनाउने जिल्ला समिति तथा क्याम्पस ईकाइलाई ने.वि.संघ केन्द्रीय समितिले पुरस्कृत गर्ने परिपाटिको थालनि गर्नेछ एंव संगठनको वास्तविक अभिलेख संकलनका लागि अभिलेख फर्म तयार गरि सबै तल्लो तहमा पठाउने निर्णय गरियो ।
४. ने.वि.संघ केन्द्रीय समिति जिल्ला र कलेज समितिको नाममा छुट्टा छुट्टै बैंक खाता खोली संगठनका दैनिक गतिविधी गर्दा हुने आम्दानी र खर्च पारदर्शी ढंगबाट कडाईका साथ लागु गर्ने निर्णय गरियो । संगठन सञ्चालका लागि निश्चित मापदण्ड तयार गरि लेबि उठाउने समेत निर्णय गरियो ।
५. ने.वि.संघको केन्द्रीय कार्यालयलाई थप व्यवस्थीत गरि केन्द्रीय विभागहरु गठन गर्ने ने.वि.संघको विधान अनुशासन र आचार सहिता कडाइका साथ पालना गर्ने साथै केन्द्रीय समितिको नियमिति बैठक विकेन्द्रीत तरिकाबाट ५ विकाश क्षेत्रमा गर्ने निर्णय गरियो ।
६. छात्रा सम्मेलन गर्ने निर्णय गरियो ।

शैक्षिक प्रस्तावहरु
१. नीजि इन्जिनियरिङ्ग कलेज, नर्सिङ्ग, मेडिकल कलेज, प्राविधिक शिक्षालय, निजि स्कुुल तथा निजि +२ हरुमा मौलाएको शैक्षिक व्यापारिकरण र चर्को शुल्क विरुद्व सबै आम विद्यार्थीलाई सस्तो, शुलभ र गुणस्तरीय शिक्षाको ग्यारेन्टीका लागि सशक्त र दवाबमुलक आन्दोलन गर्ने निर्णय गरियो । साथै नीजि स्कूल नीजि +२, नर्सिङ्ग र मेडिकल कलेज , प्राविधिक शिक्षालय , इन्जिनियरिङ्ग कलेजहरुले गरेको चर्को शुल्क बृद्विको शसक्त रुपमा विरोध गर्दै समय सापेक्ष बैज्ञानिक शुल्क निर्धारणको लागि नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगत सरोकारवाला ,अभिभावक र विद्यार्थी संगठन सम्मिलित बैज्ञानिक शुल्क निर्धारण समिति गठनका लागि दवाव दिने निर्णय गरियो ।
२. प्रत्येक अञ्चलमा १ ओटा कृषि क्याम्पस , प्रत्येक जिल्लामा कम्तीमा १ ओटा प्राविधिक शिक्षालय,प्रत्येक निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न विज्ञान संकायको +२ संचालनको लागि निर्णयक संर्घष गर्ने निर्णय गरियो ।
३. स्व.वि.यूलाई थप मर्यादित, व्यवस्थित पारदर्शी र विद्यार्थीहरु विच थप प्रभावकारी बनाउनुपर्दछ भन्ने ठहर गर्दै ने.वि.संघको अगुवाईमा सम्पन्न २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि आत्मसाथ गर्दै स्व.वि.यू.निर्वाचन तत्काल गर्नुपर्ने जोडदार माग गर्ने निर्णय गरियो ।
४. आर्थिक अवस्था कमजोर भएका विपन्न, अपाङ्ग ,असक्त, दृष्टिविहिन , जनआन्दोलनका घाईते र अति पिछडिएका विद्यार्थीलाई शिक्षा र स्वस्थ्य उपचार निःशुल्क रुपमा गराउन सरोकारवाला पक्षसँग जोडदार माग गर्दै सबै विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि विद्यार्थीको शैक्षिक प्रमाणपत्र बैंकमा राखि विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध हुने सुनिश्चितताका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरियो ।
५. विद्यालय देखी विश्वविद्यालयसम्म स्पष्ट राष्ट्रिय शैक्षिक क्यालेन्डर तयार गरि समयमा भर्ना, समयमै गुणस्तरीय शिक्षा, समयमै परिक्षा र समयमै विश्वासिलो नतिजाको ग्यारेन्टीका लागि सशक्त आन्दोलन गर्ने र विद्यालय देखी विश्वविद्यालय सम्मका शिक्षालयहरुमा अनिवार्य कम्प्युटर, इन्टरनेट शिक्षाको सुनिश्चिताका लागि दवावमुलक अभियान संचालन गर्र्ने साथै शिक्षालयहरुमा देखिएका शैक्षिक विकृति, विसंगतिको अन्त्यको लागि सशक्त आवाज उठाउने निर्णय गरियो ।जस्तै (दयगलअभच,नबलनकतभच,मोवाईल मोटरसाईकल, मिनिस्कट संस्कृति, धुम्रपान, मध्यपान,यौजन्य विकृति) आदि ।

६. सबै विद्यालय देखी विश्वविद्यालय सम्म समय अनुकुल गुणस्तरीय शिक्षा प्रदान गर्न पुस्तकालय , प्रयोगशाला , शिक्षा मैत्री, अपाङ्ग मैत्री कक्षाकोठा समयनुकुल पाठ्यक्रम, योग्य र विषयगत शिक्षकको व्यवस्थाका लागि र सबै शैक्षिक युवा बेरोजगारहरुलाई तत्काल स्वदेशमै रोजगारीको ग्यारेन्टीका साथै सामाजिक र शैक्षिक क्षेत्रमा आमुल परिर्वतनका लागि दबावमुलक आन्दोलन संचालन गर्ने निर्णय गरियो ।
७. सरकारी कलेज तथा विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले आफ्नो कार्यक्षेत्र र राज्यप्रति निर्वाह गर्नु पर्ने कर्तव्यबाट विचलित भई व्यापारीक रुपमा निजी कलेज खोली सरकारी कलेजको शैक्षिक अवस्थालाई अस्तव्यत गराउने, प्राध्यापकहरुलाई कडा भन्दा कडा कारवाहिका साथै, शिक्षा नियमावली विपरीत विदेशी नामहरुबाट सञ्चालित स्कुल कलेजको नाम परिर्वतन गरि नेपाली राष्ट्रियता पहिचान र संस्कृति झल्कने नामलाई स्थापित गर्दै, नेपाली राष्ट्रियता र ऐतिहासिक पहिचाहनमा आच पुयाउने खालका विदेशी पाठ्यक्रलाई पूर्ण रुपमा बन्देज गराउनका लागि दवाबमुलक कार्यक्रम गर्ने निर्णय गरियो ।
८. निजी र सरकारी÷ सामुदायीकका नाममा शिक्षामा भएको ठुलो विभेदलाई अन्त्य गराउन सार्वजानिक विद्यालय सुधार अभियान (साविसु) अभियान, एक विद्यालय एक पुस्ताकालय अभियान, जहाँ स्कुल त्यहाँ ने.वि.संघ , मेची महाकाली सदस्यता वितरण ( मेमस), हिमाल पहाड तराई (हिपत) प्रशिक्षण अभियान अनुगमन तथा मुल्याङकन (अनु) अभियान, संक्रान्ति प्रकाशन अभियान सञ्चालन गर्ने निर्णय गरियो ।

९. ने.वि.संघका हरेक तल्लो निकायले विद्यार्थीमा आधारित शैक्षिक अतिरिक्त क्रियाकलाप फुटबल, भलिबल बास्केटबल, हाजिरजवाफ, हाइकु कविता, गीत, गजल,प्रतियोगिता लगायतका सृजनात्मक कार्यक्रम गर्न गराउन निर्देशन दिने निर्णय गरियो ।

राजनैतिक प्रस्तावहरु
१. २०६९ जेष्ठ १४ गते मध्यरातमा वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराइर्, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वर्तमान सरकारमा संलग्न मधेशी दलका नेताहरुद्वारा कपटपूर्ण तरिकाबाट गरिएको संविधान सभा भंगको ने.वि.संघ घोर भत्र्सना गर्दछ, साथै राष्ट्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि इतिहासले ने.वि.संघलाई फेरी माओवादी सर्वसत्तावाद विरुद्व सशक्त भएर आन्दोलन गर्ने जिम्मेवारी सुम्पेको छ यो जिम्मेवारी पुरा गर्न ने.वि.संघले बर्तमान कामचलाउ सरकार विरुद्व चरणवद्व रुपमा सशक्त आन्दोलन संचालन गर्ने निर्णय गरियो ।
२. वर्तमान समयमा देशको राष्ट्रियता कमजोर भएको निष्कर्ष निकाल्दै राष्ट्र र राष्ट्रियताको हित विपरित वर्तमान प्रतिगामी÷ कामचलाउ सरकारद्वारा गरिएको सबै कदमहरु घोर भत्र्सना गर्दै, राष्ट्रियता , सार्वभौमसत्ता नेपालीहरु विचमा रहेको सदियौं देखिको सद्भाव , सहिष्णुता र भातृत्वलाई बलियो बनाउदै राष्ट्रिय एकतालई सुदृढ गर्न “जातियता हैन आत्मियता खोजौं साम्प्रदायिकता हैन, राष्ट्रियता रोजौ” भन्ने नाराका साथ ५ विकाश क्षेत्रमा राष्ट्रिय एकता र जातिय सद्भाव गोष्ठि आयोजना गर्ने र देशको राज्यपुर्नसंरचना जातिय आाधारमा होइन हिमाल, पहाड र तराइलाई मिलाएर आर्थिक सामथ्र्य र पहिचानलाई समेत समेटी सानो संख्यमा हुनुपर्छ भन्ने निर्णय गरियो ।
३. आम नागरिक प्रति राज्यको जवाफदेहि हिनता प्रति गंम्भिर भत्र्सना गर्दै आम नागरिकको दैनिक उपभोग्य बस्तुमा गरिएको चर्को मुल्य बृद्विले जनताको दैनिक जीवन थप कष्टकर भएको निष्कर्ष निकाल्दै यो बैठक निम्न आय भएका नागरिक र विद्यार्थीहरुलाई रासन कार्ड उपलब्ध गराउन जोडदार माग गर्दछ र अस्वभाविक ढंगबाट गरिएको पेट्रोलिय पर्दाथ र दैनिक उभोग्य बस्तुको मुल्य तत्काल घटाईयोस् ÷ कालोबजारीया र कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्ने निर्णय गरियो ।
४. वर्तमान कामचलाउ प्रतिगामी सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई अध्यादेश मार्फत आजीवन विलाशी गाडि, चालक, इन्धन ,मर्मतखर्च आवास र सचिवालय प्रदान गर्नु भनेको राष्ट्रिय ढुकुटिलाई व्रह्मलुट गरि गरिब जनताको ढाँड भाँच्ने षड्यन्त्र हो भन्दै तत्काल उक्त अध्यदेश मार्फत जारी गरिएको निर्णय खारेज गरि पूर्व विशिष्ट पदाधिकारीलाई दिने सुविधा वरावरको रकम दुर्गम तथा अति विकट क्षेत्रका निरक्षर बालबालिकालाई शिक्षा प्रदान गर्ने तर्फ खर्च गर्न यो बैठक जोडदार माग गर्दछ ।
५. वर्तमान प्रतिगामि सरकारका मोतियारहरुको ठाडो निर्देशनमा पछिल्ला समयमा स्वतन्त्र प्रेस र संचार कर्मि माथी भएका सबै खाले आक्रमणको ने.वि.संघ केन्द्रीय समिति घोर निन्दा गर्ने निर्णय गर्दछ ।
विविध ः
१. वि.सं. २०५९ भदौ १६ गते तत्कालीन विद्रोहि नेकपा माओवादीले राजनैतिक प्रतिशोधका आधारमा वर्वर तरिकाबाट गोली प्रहार र सांघातिक हमला गरि गम्भिर घाईते ने.वि.संघका पूर्वमहान्त्री एंव नेपाली कांगे्रसका नेता राधेश्याम जोन्छेको उपचारकै क्रममा मिति २०६९।०२।२४ गते असमायिक निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्वाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो । उहाँले लोकतन्त्र,ने.वि.संघ र ने.का.मा पुयाउनुभएको योगदानलाई उच्च सम्मान गर्दै उहाँलाई राष्ट्रिय सहिद घोषणा गराउन र पिडित परिवारलाई आवश्यक राहत प्रदान गराउन आन्दोलन संचालन गर्ने निर्णय गरियो ।
२. नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य श्री नारायण चौधरीको ममतामयी आमा र टोपबहादुर राउतको पुजनिय बाबुको असमाहिक निधन प्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो ।
३. नेपाल विद्यार्थी संघले देश जनता र विद्यार्थी हक हितका निम्ति गरेका पछिल्लो समयमा संचालित विभिन्न आन्दोलनको क्रममा घाईते हुनुभएका तथा घाइते भई उपचार गराईरहनु भएका सम्पूर्ण विद्यार्थी साथीहरुको शिघ्र स्वस्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।
थप जानकारीका लागि प्रवक्ता ९८५१०८३४४०,९८४१३२७७८६

 

जय नेपाल ।
रंजीत कर्ण

अध्यक्ष

प्रतिक्रिया