गितार प्रतियोगिता सुरु

काठमाडौं : गितार वादन प्रतियोगिता गितार मास्टरको सिजन–२ सुरु भएको छ । गत वर्ष पहिलो संस्करण गरिएको प्रतियोगिताको दोस्रो संस्करणका लागि गत साता गरिएको अडिसनमा काठमाडौंबाट ५३ जना छनोट भएका छन् । २ भदौमा पोखरा, ९ भदौमा धरान र १५ भदौमा दार्जिलिङमा अडिसन गरिने आयोजकले जानकारी गरायो । विभिन्न चरणका अडिसनबाट एक सयजना छनोट गरी अन्तिम प्रतिस्पर्धा गराइने उक्त प्रतियोगिता ई–२४ टेलिभिजनबाट २६ भागमा विभाजन गरी प्रसारण गरिने भएको छ । प्रतियोगिताका निर्णायकमा बैजु राई, गौरव शर्मा र ज्योति घिमिरे रहेका छन् । गितार माइस्टो प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताका विजेताले एक लाख नगदसहित एक लाख ५० हजार रुपियाँ बराबरको पुरस्कार प्राप्त गर्ने कार्यक्रमका निर्देशक विनोद ओझाले
जानकारी गराए । (सौस)

प्रतिक्रिया