अपिनाम्पा नयाँ महत्त्वपूर्ण पक्षी क्षेत्र बन्ने

काठमाडौं : दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने अपिनाम्पाको जंगल ‘नयाँ महत्त्वपूर्ण पक्षी क्षेत्र’ घोषणा हुने भएको छ । यसका लागि नेपाल पक्षी संरक्षण संघले विस्तृत अध्ययन गरिरहेको छ ।
सात महिनाअघि संघले गरेको त्यस क्षेत्रको सर्वेक्षणबाट दुई सय ४३ प्रजातिका पक्षी रहेको पत्ता लागेको थियो । अपिनाम्पाको महाकाली र चमेलिया क्षेत्रमा महत्त्वपूर्ण पक्षी भेटिएको र वासस्थान राम्रो भएकाले नयाँ महत्त्वपूर्ण पक्षी क्षेत्र थप्ने तयारी भइरहेको संघले जनाएको छ ।
अपिनाम्पालाई महत्त्वपूर्ण पक्षी क्षेत्र घोषणा गरिए देशभर यस्ता क्षेत्रको संख्या २८ पुग्नेछ । (सौस)

प्रतिक्रिया