राजविराज, १७ साउन । सगरमाथा अञ्चल अस्पताल राजविराजमा ‘एन्टी–स्नेक भेनम भ्याक्सिन’ सकिएपछि सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ ।
भ्याक्सिन सकिएको सूचना आज अस्पताल प्रशासनले सार्वजनिकरुपमा टाँस गरेपछि बिरामीको उपचारमा समस्या भएको हो । सर्पदंशका बिरामीको संख्या एकाएक बढेपछि अस्पतालमा भ्याक्सिन सकिएको राजविराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.टेकनारायण मण्डलले बताए ।
अस्पतालका अहेव लालकिशोर सिंहका अनुसार हाल गर्मी र वर्षाका बेला दैनिक दुईदेखि चार जनासम्म सर्पले डसेका बिरामी अस्पतालमा आउने गरेका छन् ।
सिरहा जिल्ला अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सगरमाथा अञ्चल अस्पताल राजविराज र कोसी अञ्चल अस्पताल विराटनगरमा समेत ‘एन्टि–स्नेक भेनम भ्याक्सिन’ सकिएको छ ।
एक महिनाअघि नै सिरहामा भ्याक्सिन सकिएपछि त्यहाँका सर्पदंशका बिरामीको चापले राजविराजमा भ्याक्सिन सकिएको र स्वास्थ्य विभागले मागअनुसारको भ्याक्सिन नदिएको उनको गुनासो छ ।
प्रतिक्रिया