युनिटीका अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं, १७ साउन । युनिटी लाईफ इन्टरनेश्नलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेर सर्वाजनिक गरेको छ ।
प्रहरीले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष गुरुङलाई सार्वजनिक गरेको हो । प्रहरीको अत्याधिक खोजी सूचिमा रहेका उनी भारतको दार्जिलिङमा लुकिछिपी बस्दै आएका थिए ।
युनिटीको नेटवर्किङ व्यवसायबाट सार्वसाधारणको अर्वौं रकम ठगी गरेर भागेका गुरुङलाई प्रहरीले इलामको पशुपतिनगरबाट बुधबार पक्राउ गरेको जनाएको छ ।
युनिटीले सर्वसाधारणको ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपियाँ ७२ पैसा ठगेको प्रहरीले जनाएको छ ।
बन्द रहेको युनिटीका प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसी अझै फरार छन् ।
यसैवीच, पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले युनिटीलाई कानूनी दायरामा ल्याउन सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् । उनले युनिटीका ग्राहक सदस्यको रकम फिर्ता गर्न आफू तयार रहेको भन्दै वातावरण बनाउन भनेका छन् ।

प्रतिक्रिया