झण्डै चार सय किलो गाँजा बरामद

मकवानपुर, १६ साउन । मकवानपुरबाट प्रहरीले तीन सय ९७ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सीराङतर्फबाट आउदै गरेको ना. ४ त ३३७ नम्वरको ट्याक्टरमा सो परिमाणको गाँजा बरामद गरेको हो ।
मनहरी–३, मनहरी खोलाको बगरमा ट्याक्टरमा चेकजाँच गर्दा २८ वटा प्लाष्टिकका पोकामा रहेको ३ सय ९७ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक र गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया