परिषद्का पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, १६ साउन । शैक्षिक माग राखेर आन्दोलनमा रहेका नौं विद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद्का उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालावन्दी गरेका छन् ।
परिषद्को कार्यालयमा पुगेका नौ विद्यार्थी संगठनले आफूहरुका शैक्षिक माग पुरा नगरेको आरोप लगाउदै उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
त्यसै गरेर, नौ विद्यार्थी संगठनले ‘सिटिइभिटी’को मुल गेटमा उपाध्यक्ष र सदस्य सचिवलाई रोकेर कार्यालय प्रवेशमा रोक लगाएका छन् । नारावाजी सहित उत्रिएका विद्यार्थीले माग पुरा नहुँदा सम्म उनीहरुलाई कार्यालयमा प्रवेश रोक लगाउने चेतावनी दिएको लामिछानेले बताए ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत नौं विद्यार्थी संगठन विभिन्न शैक्षिक माग राखेर आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया