वरिष्ठ पत्रकार गिरीको अन्त्येष्टि

काठमाडौं : वरिष्ठ पत्रकार एवं समाचारवाचक प्रवीण गिरीको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । गिरीको पार्थीव शरीरमा उनका दुई छोराले दागबत्ती दिएका थिए ।
गिरीको शव अन्तिम संस्कारअघि श्रद्धाञ्जलीका लागि पशुपतिको वनकालीमा राखिएको थियो । श्रद्धाञ्जलीका लागि वनकालीमा सञ्चारकर्मी र शुभेच्छुकको उल्लेख्य सहभागिता थियो । गिरीको आइतबार ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । लामो समयदेखि पेटको ट्युमर र कलेजोको समस्याबाट ग्रसित गिरीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो । (सौस)

प्रतिक्रिया