जाजरकोट, १५ साउन । वर्षासँगै पानीले नहर बगाएपछि जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा शनिवार दिउँसोबाट विद्युत सेवा अवरुद्ध भएको छ ।
खलंगाका एक, दुई, तीन र छ वडाहरुमा विद्युत सेवा पुराउँदै आएको साङट÷रिसाङ लघु जलविद्युत आयोजनाको नहर शनिवार परेको पानीले बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत सेवा अवरुद्ध हुँदा पाँच हजार बढि उपभोक्ताहरु मारमा परेका छन् ।
नहरको निर्माण कार्य भईरहेकाले छिट्टै विद्युत सेवा सुचारु हुने आयोजना प्रमुख भोजेन्द्र मल्लले बताए ।
९८ दशमलब १३ किलोवाट उत्पादन क्षमता रहेको विद्युत आयोजना समय÷समयमा अवरुद्ध हुने गरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् ।
प्रतिक्रिया