पाका फोटोग्राफरको तेज

बयासी वसन्त पार गरिसक्दा पनि हँसिलो मुहार, सुन्दर र कोमल मुस्कान, अग्लो कद । हेर्दै तस्बिर खिचूँखिचूँ लाग्ने मनमोहक व्यक्तित्वका धनी छन् बखतबहादुर चित्रकार । नेपाली छायाचित्र क्षेत्रका अब्बल छायाकार बखतबहादुर एक छोरी, दुई छोरा र बुहारीसँग पुतलीसडकको डाँफे गल्लीमा बस्दा रहेछन् ।

त्यसबेला फोटोग्राफी कलाको कहीँ र कतै प्रशिक्षण लिने मौका नपाएका बखत अतीतको क्यामेराको बिर्को खोल्दै भन्छन्, ‘यट्खा टोलमा आºनै घरमा बुबाको एबिसी नामको स्टुडियो थियो । घरको त्यही कोठा नै मेरो छायांकन विद्याको प्रथम पाठशाला थियो ।’ बुबाले गरेको देखेर सिकारु तवरमा त्यो सीप र कला आफूभित्र खिपेर असल र राम्रा छायाचित्रद्वारा यिनले आºनो अनुभवी र पाको छायाकारको छवि देश तथा विदेशमा फैलाइसकेका छन् ।
जाडोमा साताको एकपटक र गर्मीमा दुईपटक स्नान गरेर आºनो शारीरिक सफाइलाई अपडेट राख्ने बखतले भुइँतलाको कोठा खनेर भुइँमुनि स्टुडियो बनाएका थिए । उनले राणाकालदेखि बहुदलकालसम्मको फोटो क्लिक गर्न भ्याइसकेका छन् ।
‘खेतीका नाममा बगैँचामा बोटबिरुवा गोडमेल गर्ने, झारपात उखेल्ने, धार्मिक पुस्तक पढ्न मन पराउँथेँ,’ पञ्चशीलको नियम पालन गर्ने बखत उसबखतको बालवय सम्झिँदै भन्छन्, ‘म सानो हुँदा बुबा राणाको दरबारमा तस्बिर खिच्न जानुहुन्थ्यो । घरमा बिहानदेखि नै चाँजोपाँजो मिलाउनुपथ्र्यो । अघिल्लो दिन नै ज्यापुलाई खबर गर्नुपथ्र्यो । समयमा आएर क्यामेरा राख्ने भारी र ढड्डु बाकस, लामघरे क्यामेरा स्ट्यान्ड खर्पनमा राख्न लगाई ज्यापुलाई अघि लाएर असिनपसिन हुँदै जानुपथ्र्यो । राणाजीको फोटो खिच्ने काम सजिलो थिएन । त्यहाँ जाँदा बडो होस गरेर दाम राखेर टाउको निहुराएर जानुपथ्र्यो । कहिले कुन लुगा लगाएर, कहिले कुन लुगा लगाएर, कहिले मेडल लाएर, कहिले झिकेर फोटो खिच्दाखिच्दै पूरै दिन त्यतै बित्थ्यो ।’
मासु र फलफूलको रस मन पराउने, प्रेसरको औषधि नियमित खाने, कोलस्ट्रोल नभए पनि औषधिचाहिँ खाने, किड्नी सफा राख्न एक थोपा शिलाजित खाने गर्छन् उनी । प्रदूषणबाट बच्न मास्क लाएर बाहिर निस्किने, तीन महिनामा एकपटक डाक्टरकहाँ जाने बखतले आºना छायाचित्रको तेजले तत्कालीन कति चित्र र चित्रकारलाई निस्तेज बनाइसकेका छन् । उस जमानाको सेलिकड र आइकन क्यामेराको लेन्स मिलाउँदै बयोवृद्ध छविकार भन्छन्, ‘जीवनमा कति रोल रिल सकाइयो, ठ्याक्क थाहा छैन ।’ आफूले खिचेको एउटा दुर्लभ र अविस्मरणीय चित्रको उल्लेख गर्छन्, ‘बैतडीमा म बेंसीमा खोलाको छेउमा थिएँ । माथि पहाडको घुम्ती र नागबेली गोरेटोमा हजारौँ संख्यामा भेडाको बथान र लर्को मालसामान बोकेर भन्ज्याङतिर उक्लिरहेका थिए । आहा † क्या मनमोहक दृश्य थियो, मुटुमै गाडिएको छ †’ त्यो मनमोहक दृश्य उनको आँखाबाट अझै अदृश्य भएको छैन अरे †
अहिलेका क्यामेराबारे आºनो ज्ञान कालो अक्षर भैँसीबराबर ठान्ने, नयाँ प्रविधिबारे आफूलाई चिल्लै ठान्ने, बिहान ५ बजे उठेर राति ९:३० मा सुत्ने, टिभीभन्दा आँखा चिम्लेर रेडियो सुन्न बढी मन पराउने, बिहान एक घन्टा ध्यान गर्ने बखतले एकपटक भद्रकालीबाट सहिदगेट र धरहरा देखिने गरी मोटर र मानिस नभएका बेला पारेर दिउँसो फोटो खिच्नुपर्ने थियो । यो काम सजिलो थिएन, तर भोकैप्यासै उनले घन्टौँ कति दिन कुरेर अन्त्यमा त्यस्तो फोटो खिचिछाडे ।
कुनै बेला सिंहदरबारको भित्रपट्टि भित्तामा रहेको ८ह१० फिटको प्लाइबोर्डमा उनले साताभरि खिचेका शिक्षासम्बन्धी चित्र प्रदर्शन हुन्थे । क्यामेरा साथमा नबोकेका बेला धेरैपटक धेरै दृश्य चिप्लेर उम्के पनि उनले पुन: गएर कैद गरेको एउटा दृश्य यस्तो थियो, ‘स्वयम्भूमा प्रात:कालमा सूर्यको किरण शीतले भिजेको रूखमा खस्यो । अनि रूखबाट त्यो किरण चुहिएर चारैतिर फिँजियो । यस्तो अद्भूत दृश्यलाई मैले क्यामेराले पक्रेँ ।’
उनको त्यस चित्रलाई पाठ्यक्रममा ‘शिक्षाको प्रकाश’ भनेर वर्षौंवर्ष राखियो । एबिसीको नामले ताहाचलमा वि.सं ११–१२ सालमा पहिलो अडियो, भिडियो स्टुडियो खोल्दा २०–२५ रुपियाँमा उनका बुबाले महिनाभरिको घरखर्च चलाउँथे । त्यस्तो बेलामा पनि अमेरिकी प्रोजेक्टमा काम गरेर महिनाको दुई सय कमाउने उनले पछि जनक शिक्षा केन्द्र खुलेपछि जागिर खाए । शिक्षा सहसचिव हुँदा डाइरेक्टर पदबाट अवकाश प्राप्त गरेका, ह्विस्कीको चुस्की लिँदै चुरोट तान्न सिकेका, विदेश जाँदा पानीको सट्टा बियर खाएका तर अहिले अम्मललाई आºनो जीवनबाट धपाइसकेका बखत भन्छन्, ‘राजा विकास क्षेत्रमा गएका बेला उनको तस्बिर खिच्न झन् गाह्रो हुन्थ्यो । राजा बसेको ठाउँबाट राम्रो फोटो नआउने देखेपछि म राजाको छेउछाउ क्यामेरा तुर्लुंग झुन्ड्याएर यताउति गर्न थाल्थेँ । राजा महेन्द्र त बुझकी थिए, बुझिहाल्थे र यताउति सारिदिन्थे । बल्लतल्ल फोटो त खिचिन्थ्यो तर फोटो कस्तो आउने हो–हो, थाहा हुँदैनथ्यो । तरबारको धारमा बसेर दरबारको काम गर्नुपथ्र्यो । सधँैको त्राहिमाम मनमा रहन्थ्यो ।’ १०+टु परिकल्पना र सुरुआत गर्ने दुई अगुवामध्येका एक यिनै बखतबहादुर रहेछन् ।
अतीतमा खिचेको एउटा चित्रको विचित्र कुरा सुनाउँदै उनी भन्छन्, ‘रंगशालामा टिकट काटेर राँगा छिनाउने सो थियो । दर्शक खचाखच भरिएका थिए । त्यो सोको फोटो खिच्ने जिम्मा मैले पाएको थिएँ । राँगा छिनाउने मानिस आºनै ताल र चालमा राँगाछेउ आयो ।’ उनी क्यामेरा लिएर त्यो दृश्य खिच्न तयार थिए, ‘कसाइले आºनो हतियार दर्शकतिर फर्काउँदै चारैतर्फ घुमीघुमी देखायो र तरबार उचालेर राँगालाई मच्चाएर मार हान्यो तर त्यो राँगो छिनेन । दर्शक हाँस्न थाले, उसले फेरि मच्चाएर प्रहार गर्‍यो तैपनि छिनेन । दर्शकमा खैलाबैला मच्चिन थाल्यो । पूरै बाउन्न पटक प्रहार गरेपछि बल्ल राँगो छिन्यो । त्यो सोको फोटो खिच्न मलाई साह्रै हम्मे परेको थियो ।’ राँगाको बिजोग र पीडा सम्झिँदै चुकचुकाउँछन् उनी, ‘धन्न † त्यस्तो सो पुन: भएन । त्यही नै पहिलो र अन्तिम हुन पुग्यो ।’
हाम्रो वार्ताको रिल तुरिएकाले म पनि अभिवादन गर्दै त्यहाँबाट हिँड्न खोज्दा उनी पनि क्यामेराको स्ट्यान्डझँै जुरुक्क उभिएर हात मिलाउँदै, ‘हस् त’ भन्दै बिदा दिन्छन् ।

प्रतिक्रिया