नेम्वाङले पनि सुविधा फिर्ता गरे

काठमाडौं, १४ साउन । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
उनले बा १ झ ८४ नम्बरको सुविधाको गाडी फिर्ता गरेको निजी सचिवालयले जनाएको छ । नेम्वाङ स्कार्पियो गाडी चढ्दै आएका थिए ।
पूर्व विशिष्ठ पदाधिकारीलाई सरकारी सुविधा दिने सरकारको निर्णय लगत्तै चर्को विरोध भएपछि सुविधा लिएकाहरुले धमाधम फिर्ता गर्न लागेका हुन् ।
यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख रामचन्द्र पौडेलले सुविधाको गाडी फिर्ता गरिसकेका छन् । सौर्य

प्रतिक्रिया