रक्सी सेवन पछि साथीको हत्या

कालीकोट, १३ साउन । कालीकोटमा सँगै बसेर रक्सी सेवन पछि आफ्नै साथीको हत्या भएको छ ।
ओदानकु–१ स्थित खड्के वि.क.को घरमा रक्सी सेवन पछि गएराति हर्कबहादुर विकको हत्या भएको हो । सँगै बसेर रक्सी सेवनका क्रममा विवाद भएपछि भनाभन हुँदा हर्कबहादुरलाई तलबाट खसालेर हत्या गरिएको प्रहरीको प्रारम्भीक अनुसन्धनबाट खुलेको छ ।
आन्तरिक विवाद पछि गान्टे सुनारले हर्कबहादुरलाई घरको माथिल्लो तलाबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न गान्टे सुनार सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया