“इमेज” बदल्ने मुडमा प्राची


एकै किसिमका भूमिकामा देखापरेपछि वाक्क भएर होला, बलिउड अभिनेत्री प्राची देसाईंले आफ्नो फिल्मी छवि बदल्ने सोचाइ राखेकी छन् । आफ्नो आगामी फिल्म आई, मी और मे रिलिज भएपछि आफ्नो ‘इमेज’ बदलिनेमा उनी विश्वस्त छिन् । फिल्ममा उनले बलिउड अभिनेता जोन अब्राहमसँग अभिनय गरेकी छन् ।
‘यो फिल्ममा मेरो अभिनय नितान्त भिन्न छ । फिल्म हेरिसकेपछि दर्शकको मप्रतिको धारणा बदलिन्छ भन्नेमा मलाई पूर्णविश्वास,’ उनले भनिन् ।
यसअघि प्राचीले अजय देवगनजस्ता सुप्रसिद्ध कलाकारसँग काम गरिसकेकी छन् भने रोहित सेठ्ठी जस्ता नामुद निर्देशकको फिल्ममा उनले अभिनय गरिसकेकी छन् । त्यस्ता हस्तीसँग काम गर्दा कस्तो लाग्यो भनी सोधिएको प्रश्नमा उनले भनिन्, ‘ठूला बजेटका फिल्ममा काम गर्दा कस्तो हुँदो रहेछ भन्ने मैले उनीहरूसँग काम गर्दा सिकेँ ।’ अजय देवगनको मुख्य भूमिका रहेको फिल्म वान्स अपन अ टाइम इन मुम्बई मा उनले अभिनेता इमरान हास्मीको जोडी भएर काम गरेकी छन् । वान्स अपन अ टाइम इन मुम्बईको सिक्वेल बजारमा आउने तय भइसकेको छ । यसमा अक्षय कुमारको मुख्य अभिनय रहने सार्वजनिक भइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया